वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड, नबिल अग्रस्थानमा
२४ चैत, काठमाडौं ।चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतको सामान्य वृद्धि हो। अघिल्लो वर्षको फागुन महिनासम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए।
याे अवधिमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटा वाणिज्य बैंकको भने नाफा बढेकाे छ । नाफा वृद्धि गर्नेमा कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको नाफा २७४.६५ प्रतिशतले वृद्धि भएको छ ।
साथै, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंंक, हिमालयन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र लक्ष्मी सनराइज बैंकको खुद नाफा घटेको छ ।
नाफा आर्जनमा नबिल बैंकले अग्रणी स्थान कायम राखेको छ। नबिलले फागुन मसान्तसम्म ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, दाेस्राेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । याे अवधिमा बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बैंकले ४ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसैगरी, कुमारी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षकाे साेही अवधिमा बैंकको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो । एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ८८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ र एनएमबि बैंकले २ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८२ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ७४ करोड ७० लाख रुपैयाँ नाफा कमाएकाे छन् ।
माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ३२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ सिटिजन्स् बैंक इन्टरनेशनलले ८० करोड ७ लाख रुपैयाँ नाफा कमाएका छ् ।
सबैभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक र एनआइसी एशिया बैंक रहेका छन् । समिक्षा अवधिमा लक्ष्मी सनराइजले ६५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । साथै। साे अवधिमा एनआइसी एशिया बैंकले ३० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १२:५५













