१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेप्सेमा एकैदिन ५४ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

२ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एकैदिन ५४ लाख ७७ हजार ५ सय २९.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा मूक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९ सय ६८.६ कित्ता बोनस सेयर र वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५ सय ६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

मुक्तिनाथले गत मंसिरमा आफ्नो साधारणसभाबाट १८.२५ प्रतिशत बोनस सेयर पारित गराएको थियो । सोही सेयर नेप्सेमा सुचिकृत भएको हो । यस्तै वेस्टर्न डेभलपमेन्ट बैंकले पनि आफ्नो साधारण सभामा १४.४१ प््रातिशत बोनस सेयर पारित गराएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १२:१४