सशस्त्र प्रहरी बलमा ६ वटा शिक्षालय नुवाकोटको ककनीलगायत कहाँ कहाँ थपिँदैछन् ?
२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा ६ वटा शिक्षालय थप हुने भएको छ । करिब एक साताअघि गृहमन्त्रालयले सशस्त्र प्रहरी बललाई मुलुकका विभिन्न स्थानमा शिक्षालय थप्न स्वीकृति दिएको हो । सशस्त्रको बाहिनी र गणमा समेत तालिम सञ्चालन गर्नुपर्ने बाध्यता टरेको सशस्त्र प्रहरीका अधिकारीले दाबी गरेका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठले हालकै जनशक्तिबाट काज खटाएर यही महिनाभित्र शिक्षालय स्थापना गरिसक्ने गरी तयारी थालिएको बताएका छन् ।
हाल सशस्त्र प्रहरीको मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानसहित मुलुकभर ६ वटा तालिम केन्द्र छन् । जसअनुसार नुवाकोटको ककनीमा संयुक्त राष्ट्र संघीय शान्ति स्थापना पूर्वतैनाथी तालिम, चितवनको कुरिनटारमा विपद् व्यवस्थापन, पोखरामा हुलदंगा व्यवस्थापन, नवलपरासीको बर्दघाटमा सीमा सुरक्षा र बाँकेमा सशस्त्र प्रहरी जवान तालिम हुँदै आएको थियो ।
प्रकाशित मिति : 12:05









