२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२३ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिनचाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : 11:07