२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

हत्कडीसहित बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

२२ चैत, काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कार मुद्दामा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

 एक वर्षअघि अमेरिका जाँदा सहकर्मीको छोरी बलात्कार गरेको अभियोगमा लम्साल शनिबार बिहान काठमाडौँबाट पक्राउ परेको हुन् । उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएका छन् । प्रहरीले आजै उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १६:५५