विदेशबाट ल्यायकाे सामान विमानस्थलमा जफत नहाेस्ः रेखा थापा
१ फागुन, काठमाडाैँ । नायिका रेखा थापाले विदेशी भुमीका पसिना बगाएर घराएसी प्रयाेजनकाे लागि सामान नेपाल लेराउँदा विमानस्थलमै जफत हुने गरेकाे विषयमा अापत्ति जनाएकी थिइन् । अाज थापाले उक्त विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई ध्यानाकर्षण पत्र बुझाएकाे सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छिन् ।

नायिका थापाले फेसबुक स्टाटसमा मन्त्री विष्टले पत्र बुझेलगतै अर्थ मन्त्रालय सँग उक्त विषयमा समन्वय शुरु गरेकाे जनाएकी छिन् । उनले मन्त्री विष्टलाई श्रमिकहरुको अभिभावक भन्दै श्रमिकहरुको हितकालागि पहल गरेकामा धन्यवाद दिएकी छिन् ।
प्रकाशित मिति : 18:56







