हामीले गरेकाे राजनीतिक परिवर्तनले विश्वकै ध्यान तानेको छ : अध्यक्ष प्रचण्ड
१ फागुन, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालकाे राजनीतिक परिवर्तनले विश्वकै ध्यान तानेको जिकिर गरेका छन् । अध्यक्ष दाहालले नेपाल गरिब भए पनि यसले केही दशक यता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको बताएका छन् ।
धबार जनयुद्ध दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचन्डले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालले राजनीतिक परिवर्तनको क्षेत्रमा चमत्कार नै गरेको दाबी समेत गरेका छन् ।
अध्यक्ष दाहालले पार्टी भित्रको एकतालाई मजबुत बनाएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् । अध्यक्ष दाहालले देशको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई पनि अपिल गरेका छन् ।
प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १४:३१












