२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

पूर्व प्रधानमन्त्री खनाल र नबनियुक्त चिनिया राजदुत वीच भेटवार्ता

१ फागुन, काठमाडाैँ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनिया राजदूत महामहिम होउ यानछीले खनाल निवास डल्लुमा आज बिहान शिष्टाचार भेटवार्ता गर्नुभयो । नबनियुक्त राजदुतले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गदै नेपाल– चीन सम्बन्धलाई थप उचाँइमा पुर्याउन तथा द्धिपक्षिय सहयोग अभिबृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता गर्नुभयो ।

 नबनियुक्त राजदुत महोदयलाई स्वागत गदै खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रबेश गरेको कुरामा जोड दिनुभयो । नेपाल र चीन बिच परापूर्बक काल देखि नै रहेको सम्बन्ध र आपसमा सरसहयोग हुदै आएको कुरा अबगत गराउनुभयो । खनालले राजदुत महोदयलाई कार्यकाल सफलताको शुभकामना दिदै आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र बिकासको लागि अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

साथै खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भुमिलाई कुनै पनि चीन बिरोधी क्रियाकलाबमा प्रयोग हुन नदिने प्रतिबद्धता ब्यतm गर्नुभयो । उतm भेट कार्यक्रममा खनालका बिदेश मामिला सहयोगी मिलन तुलाधर पनि सहभागी हुनुभएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : 12:44