१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

बेरोजगार भत्ता पाउन निश्चित मापदण्ड पुग्नुपर्छः श्रममन्त्री विष्ट

१ फागुन,काठमाडाैँ । काम नगरी बसेका सबैले बेरोजगार भत्ता नपाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् । बेराेजगार भत्ताकाे विषयमा भ्रमनफैलाउन भन्दै निश्चित मापदण्ड पुगेकाले मात्र बेराेजगार भत्ता पाउने र प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन पाउने   जानकारी दिएका छन् ।

निरपेक्ष गरिबीको रेखामुिन रहेका, वैदेशिक रोजगारीमा नगएका तथा सरकारले तोकेको सीमा भित्र रहेका परिवारका एक सदस्यले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन पाउने मन्त्री बिष्टले बताएका छन् । सबै बेरोजगारलाई यो कार्यक्रमले नसमेट्ने उल्लेख गर्दै गरिब तथा बिपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि सरकारले यो कार्यक्रम सुरु गर्न लागेको भन्दै मन्त्री बिष्टले आगामी चैत्रभित्रमा देशभरका बेरोजगारको तथ्याङ्क सरकारले संकलन गर्ने बताएका छन् ।

एक पटक बेरोजगारको सूचीमा समावेश भएका व्यक्तिले बीचैमा काम छाडे उसलाई सूचीबाटै हटाईने उल्लेख गर्दै मन्त्री बिष्टले यो कार्यक्रमलाई सरकारले कडाईका साथ कार्यान्वयनमा लैजाने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : February 13, 2019 at 11:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/