१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

धुर्मुस सुन्तलीले पहिलाे दिन मलेसियामा जुटाए ३५ लाख ७१ हजार सहयोग

२९ माघ, काठमाडाैँ । सिताराम कट्टेल  (धुर्मुस) ले  सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५ मा मनोरञ्जनात्मक कार्यक्रमबाट ३५ लाख ७१ हजार सहयोग संकलन भएकाे अाफ्नाे फेसबुक स्टाटसबाट जानकारी दिएका छन् । सुरूकाे दिन मनोरञ्जनकाे रूपमा मात्र  कार्यक्रमको परिकल्पना गरिएको भएपनि कार्य सकारात्मक भएकाे कट्टेलले जनाएका छन् ।    

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकाे जनाउँदै फेबुकमा धुर्मुसले खुसी ब्याक्त गरेका छन् । धुर्मुसकाे फेसबुक स्टाटस जस्ताकाे तस्तै ।

प्रकाशित मिति : February 12, 2019 at 6:56 pm