ज्यानमारासँग घुस खाने काठमाडाैँका न्यायाधीश बाबुकाजी बानियाँ र नासु भोला चालिसे कारबाहीमा
२९ माघ, काठमाडाैँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ ज्यानमारासँग खाएको घुस प्रकरणमा कारबाहीमा परेका छन । उनी छानविनका लागि तलब भत्ता नपाउने गरी न्यायपरिषद्मा तानिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ १७ गते अदालतका नायव सुब्बा भोलानाथ चालिसेलाइ ज्यानमारासँग खाएको पाँच लाख घुससहित रंगेहात पक्राउ गरेको थियो ।
चालिसेले न्यायाधीश बाबुकाजी बानियाँको निर्देशनमा ज्यानमारासँग घुस खाएको बताएपछि न्यायपरषद्ले कारबाहीका लागि तानेको छ । उनीमाथि घुस खाएर सवारी ज्यान मुद्दाका अभियुक्तलाई कारबाही कमी गराएको अारोप छ । उनले घुस खाएर मुद्दाको फैसला गरेको आरोप लागेको छ । यसलाइ न्यायाधीशको न्याय सम्पादनमा विचलन मानिन्छ ।

चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निर्देशनमा न्याय परिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो । माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको हो । रंगेहात पक्राउ परेसँग चालिसे स्वत निलम्बनमा छन भने उनी हाल अख्तियारकै हिरासतमा रहेका छन ।
प्रकाशित मिति : 09:29









