५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

अवैध लागूऔषधसहित ५ जना नुवाकोटबाट पक्राउ

५ चैत, नुवाकोट । अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।  बिदुर नगरपालिका-१ त्रिशुलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १ हजार ६ सय ३२ ट्याब्लेट, नाईट्राभेट १ सय ३५ ट्याब्लेट र नगद ३९ हजार ६ सय रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने १९ वर्षीय राजु तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका-१ त्रिशुली बस्ने २८ वर्षीय प्रबेश तामाङको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार प्रबेशको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १२:४९