सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
३ चैत, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार ११:०३













