सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, २९४ मा ३४ जना उत्तीर्ण (सूचीसहित)
२८ माघ, काठमाडाैँ । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार माग संख्या अनुसार उत्तीर्णको संख्या न्यून देखिएको छ । लोकसेवा अायोगले लिएको परीक्षामा प्रहरी निरीक्षकका लागि २९४ जनाले लिखित परीक्षामा सहभागिता जनाएका थिए । जसमध्ये जम्मा ३४ जनाले परीक्षा उत्तीर्ण गरेका छन ।
सशस्त्र प्रहरी निरीक्षकका लागि खुलामा २४ जना, महिला ४ जना, आदिवासी जनजाति ६ जना, मधेशी ५ जना दलित ३ जना र पिछडिएको क्षेत्रमा १ जना माग भएको थियो । लिखित परीक्षामा सहभागी २९४ मध्येबाट लोकसेवाको लिखित परीक्षामा माग भएको संख्या अनुसार उत्तीर्ण भएको पाइएको छैन ।

खुलामा २४ माग भएकोमा ३० जना छनौट भएका छन । त्यस्तै महिलाहरू चार जना माग भएकामा एक जना पनि उत्तीर्ण भएनन् । आदिवासी जनजातिमा ६ जनाको माग भएकोमा ८ जना उत्तीर्ण भएका छन । त्यस्तै मधेसी ५ जना माग भएकोमा १ जना उत्तीर्ण भएका छन । दलित ३ जना माग भएकोमा १ जना उत्तीर्ण भएका छन भने पिछडिएको क्षेत्रमाम १ जना माग भएकोमा कोही पनि उत्तीर्ण भएका छैनन् ।

प्रकाशित मिति : February 11, 2019 at 10:18 pm









