२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

लागुऔषधसहित २१ जना पक्राउ

२९ फागुन, काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ११:२७