२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२९ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ११:०६