२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

२८ फागुन, काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त हुनुभएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गर्नुभएकाे छ।

एरिनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने हङकङविरुद्धको मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ। ५२ वर्षिय एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गर्नुभएकाे थियाे। इटालियन प्रशिक्षक एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। पछिल्लो समय उनले मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षण सम्हाल्नुभएकाे थियाे ।

प्रकाशित मिति : March 12, 2026 at 6:05 pm