११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : March 10, 2026 at 11:00 am