११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२५ फागुन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा३ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : March 9, 2026 at 11:02 am