२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

एकैदिन सुनको मूल्य तोलामा ३५ सयले बढ्यो, कति पुग्यो तोलाको ?

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ११:१३