फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१९ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन मूल्य आज एकैदिन तोलामा २ हजार ५०० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १०० रहेको थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ६ हजार २० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य यस दिन घटेर ५ हजार ८१५ कायम भएको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:५७










