१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन मूल्य आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ६ हजार २० रुपैयाँ कायम भएको छ । । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ११:३२