स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
१७ फागुन, सिराहा । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १३:४४










