ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१७ फागुन, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन मूल्य आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:४९










