१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ फागुन, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने  तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १०:५३