सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?
१० फागुन, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज तोलामा एकैदिन ५ हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ३७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:४५










