७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

जागिरको खोजीमा हुनुहुन्छ ? राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर

७ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले १ जना प्रमुख वित्त अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारको उमेर २५ वर्ष पुरा नभई ४५ वर्ष ननाघेको हुनु पर्नेछ र व्यवस्थापन मानविकी(अर्थशास्त्र) वा वाणिज्यशास्त्र विषयमा न्यूनतम द्धितिय श्रेणी वा सो सरहको अंकसहित स्नाकोत्तर तह उत्तिण गरेको हुनु पर्नेछ ।

यस्तै बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको हुनु पर्नेछ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ०९:५६