उपचारमा लापरबाही भएर बिरामीको मृत्यु भएकाे भन्दै आफन्तले गरे अस्पतालमा तोडफोड, ६ जना पक्राउ
२५, माघ, चितवन । चितवन भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका छन् ।
भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसाल रुखको घाँस काट्ने क्रममा लडेर घाइते भइ उपचारकालागि अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा भुसालकाे मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएकोपछि अाफन्तले अस्पतालमा क्षति हुने गरी ताेडफाेड गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रकाशित मिति : 16:54







