पेट्रोलियम डिलर्स एसोसिएसनका कोषाध्यक्ष चर्तुभुज सरिया नै पेट्रोलियम ठगीमा संलग्न
२५ माघ, काठमाडौं । पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष चर्तुभुज सरिया नेपालमा पेट्रोलियम ठगीमा संलग्न भएको पाइएको छ । एसोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि गुणस्तर तथा नापतौल विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको छ ।
गुणस्तर तथा नापतौल विभागले लगाएको सील तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने उपभोक्तालाई कम तेल दिएको उपभोक्ताको गुनासोका आधारमा चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा छानविन गरि शिलबन्दी गरिएको छ ।
विभागका अनुसार यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो । यो दुबै पम्पका सञ्चालक चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन् ।
प्रयोगशालामा नक्कली शिल रहेको जानकारी पाएपछिगुणस्तर तथा नापतौल विभागले कारवाही थालेकाे हाे । बलियो प्रमाण भएपछि विभाग अदालतमा मुद्दा हाल्ने तयारीमा रहेकाे विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
विभागले पम्पमा हुने ठगी नियन्त्रण गर्न देशव्यापी रुपमा अनुगमन गरिरहेको छ । विभागकै अनुगमनमा दुई महिना अघि सफ्टवेयर जडान गरेर उपभोक्तालाई ठगी गर्ने आधा दर्जन भन्दा बढी पम्पलाई कारवाही गरिसकेको छ ।


प्रकाशित मिति : 16:36









