२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ : सांसद त्रिपाठी

२५ माघ, काठमाण्डौ  ।  किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गर्न सांसद हृदयश त्रिपाठीले माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा  त्रिपाठीले बिचौलियाकै पक्षमा काम गर्ने मन्त्रालयको आवश्यकता नरहेको बताएका छन् ।

उखु उत्पादक किसानले अझैसम्म भुक्तानि पाउन नसकेको भन्दै उनले सरकार जसको भए पनि देशका किसानहरु राज्यबाट सँधै उपेक्षित हुँदै आउनुपरेको बताए ।

सरकार र चिनी उद्योगीको लडाइँमा उखु उत्पादक किसानहरु मर्कामा परेको भन्दै त्रिपाठीले यो लडाइले झण्डै ७० प्रतिशत उखु किसानहरुले गएको वर्षको भुक्तानि पाउन नसकेको उल्लेख गरेका छन् ।

सरकारले सँधै बिचौलियाहरुको पक्ष पोषण गरेको र त्यो क्रम अहिले पनि जारी रहेको भन्दै उनले उखु उत्पादकहरु हैरान र बिचौलियाहरु भने मालामाल हुँदै गएको बताए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १३:४९