२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

भाञ्जीलाई बलात्कार गर्ने मामा पक्राउ

२४ माघ, रुकुम पश्चिम  । भाञ्जीलाई बलात्कार गर्ने मामालाई प्रहरीले पक्राउ गरेकाे छ । भान्जी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा आठबिसकोट नगरपालिका वडा नं. १० बस्ने २० वर्षीय विकास भनिने मनबिर मल्ललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार, जिल्लाको लाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो । किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकमु पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् । पीडितकै घरमा माघ २२ गते राति ९ बजे मल्लले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18:34