मोदी इनर्जीको नोक्सानी ६ करोड २४ लाख, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
२७ माघ, काठमाडौं । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २८ करोड ६८ लाख रुपैयाँबाट घटेर २२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा २५ करोड ८३ लाख रुपैयाँबाट घटेर १९ करोड २ लाख रुपैयाँ कायम भएको छ । यो असधिमा कम्पनीको सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँबाट घटेर १८ करोड ८६ लाख रुपैयाँ कायम भएको छ।
२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक छ। यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ८० पैसा रहेको छ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १३:११








