चन्द्रागिरी हिल्स ४ करोड ७० लाख घाटामा
२७ माघ, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी ४ करोड ७० लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
याे अवधिमा कम्पनीको आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ४२ करोड २५ लाख रहेको कम्पनीको आम्दानी ४१.०८ प्रतिशतले घटेर २४ करोड ८९ लाखमा सीमित बनेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केवलकारका उपकरणमा क्षतिका कारण गत त्रैमासिकको बाँकी अवधिभर कम्पनीको आर्थिक गतिविधिहरु पूर्ण रुपमा ठप्प रहेको थियो । तर यस त्रैमासको मध्य अवधिदेखि अर्थात मंसिर १५ गतेबाट कम्पनीको कारोबार पुनः सञ्चालनमा आएको छ ।
कम्पनीको कारोबारको मुख्य समयमा भएको बन्द कम्पनीलाई आर्थिक रुपमा ठूलो नोक्समनी भएको र यसको परिपूर्तिका लागि प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।
अघिल्लो आवमा ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार ४ करोड ६२ लाखले धनात्मक बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०७ रुपैयाँले ऋणात्मक रहेकाे छ भने प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ र तरलता अनुपात ३.६१ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ११:४४








