राेल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर युवाको मृत्यु
२४ माघ, रोल्पा । राेल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु भएकाे छ । घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिएका छन् ।
भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यस अघि पनि एक नागरिकले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।
प्रकाशित मिति : 13:49









