२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

राेल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर  युवाको मृत्यु

२४ माघ, रोल्पा  । राेल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु भएकाे छ । घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिएका छन् ।

भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यस अघि पनि एक नागरिकले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : 13:49