निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
२६ माघ, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम थियो । यस दिन चाँदीको मूल्य २४० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार ११:०३








