ओखलढुंगामा राई दम्पती हत्या आरोपमा २ जना पक्राउ
२५ माघ, काठमाडौं । ओखलढुंगामा भएको राई दम्पती हत्याका अभियुक्त पक्राउ परेका छन् । ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ बोहोरे बस्ने ८१ वर्षीय चन्द्र बिक्रम राई र उनकै श्रीमती ८० वर्षीया चन्द्र माया राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्ग डेरा गरी बस्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ घर भएका ३४ वर्षीय धन बहादुर राना मगर समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।
चन्द्र बिक्रम र उनकै श्रीमती आफ्नै घरमा गत माघ १२ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं
महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्गबाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत ओखलढुंगाबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १७:३०








