सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?
२५ माघ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कायम भएको छ ।
गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ३०० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ११:०७








