२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

नक्कली नोटसहित एक जना पक्राउ

२२ माघ, सुनसरी । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।  हरिनगरा गाउँपालिका-१ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिस मियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १३:१२