२१ भदौ २०८३, आइतबार | Mon Sep 7 2026

बेलायत पठाउने भन्दै करिब ८ लाख ठगी गर्ने नुवाकोटकी कुमारी तामाङ पक्राउ

२२ माघ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निज तामाङले बेलायत पठाउने भन्दै रु सात लाख ९० हजार रकम लिइ लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : February 5, 2026 at 11:49 am