१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

१८ माघ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार भारी मात्रामा गिरावट आएको सुनको भाउमा आज पनि उच्च अंकको गिरावट आएको हो । आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्यमा समेत पहिरो गएको छ । यस दिन चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आज  चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १०:४६