१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

७ सय ३ स्थानीय तहमा पुगे बैंकका शाखा, आगामी चैतभित्रै ३० स्थानीय तहमा पनि पुर्याइने 

२३ माघ, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी नीति अनुसार हालसम्म ७ सय ३ स्थानीय तहमा बैंकका शाखा पुगेकाे बताएका छन् ।

अर्थमन्त्री खतिवडाले बुधवार संसदमा बाेल्दै ७ सय ३ स्थानीय तहमा बैंकका शाखा स्थापना भइसकेका र ३० स्थानीय तहमा आगामी चैत महिना भित्रै शाखा पुर्याइने बताए ।

बाँकी रहेका स्थानीय तहमा समेत चालु आर्थिक वर्ष भित्रै बैंकका शाखा पुर्याउने गरी काम भइराखेको मन्त्री खतिवडाले बताए ।केही स्थानीय तहमा सुरक्षाको जोखिम रहेकोले बैंकका शाखा पुग्न नसकेको र ती स्थानीय तहमा पनि चाँडै बैंक स्थापना गर्ने गरी राष्ट्र बैंकले अनुगमन गरिराखेको मन्त्री खतिवडाको भनाई थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १६:५१