सांसदलाई गृहमन्त्रीकाे जवाफ, निर्मलाका हत्यारा जहाँ भएपनि छाड्दैनाैँ
२३ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मला पन्तकाे हत्यारा जहाँ गएपनि पक्राउ गरिने बताएका छन् । पन्तकाे बलात्कार र हत्याकाण्डको अनुसन्धान जारी रहेको बताउँदै गृहमन्त्री थापाले सरकार यस विषयमा गम्भीर रहेको बताए ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूकाे प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अनुसन्धानमा लापरवाही गरेका प्रहरीलाई कारवाही गरिसकिएको बताए ।
निर्मलाकाे हत्याकाे अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै गृहमन्त्री थापाले अपराधी जहाँ भए पनि कानूनको कठघरामा आउने बताए । गृहमन्त्री थापाले महिलामाथि भएका हिंसाका घटनामा ९६ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल भएकोसमेत जानकारी दिए ।
प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १४:५१












