१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

४६.७१ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य मुनाफा ३ अर्ब बढी

१५ माघ, काठमाडाैं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यो अवधिमा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतलजे बढेर ८ अर्ब ८ करोड ७२ लाख रहेको छ । यस्तै सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ। ३२ अर्ब ५ करोड ६९ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट ४.२५ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:४१