१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नाफासँगै घट्यो एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी

१५ माघ, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आवमा ५ अर्ब १८ करोड रहेको बैंककाे खुद ब्याज आम्दानी घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकले यो अवधिमा ७० करोड २१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक रहेकाे छ ।

याे अवधिमा बैंककाे खराब बर्जा अनुपात ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ । ४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २८ पैसा घटेर १ रुपैयाँ ७६ पैसामा झरेको छ।  सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रकाशित मिति : January 29, 2026 at 9:29 am