१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड पुग्यो, प्रतिसेयर आम्दानी कति ?

१५ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८ अर्ब २९ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ८ अर्ब २ करोडमा सीमित बनेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ। याे अवधिमा बैंककाे खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेकाे छ ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:२३