१४ माघ २०८२, बुधबार | Wed Jan 28 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोड

१४ माघ, काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रहेको छ ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेका छ । ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२० गुणा कायम भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १०:३७