१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

१३ माघ, काठमाडौं। स्थानिय बजारमा सुनको भाउले आज पनि रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुगेको थियो । आज चाँदीको मूल्य १०५ रुपैयाँले बढ्दै प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:०९