१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

‘फेक रेस्क्यु’को संगठीत धन्दाः पक्राउ परेका चार जना चारै दलका नेता

१२ माघ, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै एक दशकदेखि ‘फेक रेस्क्यु’ नामक संगठित धन्दामा लागेका चार जना व्यवसायी र दुई जना कर्मचारी पक्राउ गरेको छ ।

सीआईबीले आइतबार नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका अध्यक्ष जयराम रिमाल, प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक सुभाष केसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका व्यवसायीहरू मध्ये रिमाल एमाले निकटका हुनुहुन्छ, पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी निकटको हुनुहुन्छ भने अधिकारी तत्कालीन माओवादी र हालको नेतका निकटको हुनुहुन्छ त्यस्तै केसी नेपाली कांग्रेस निकटको हुनुहुन्छ । पक्राउ परेका व्यवसायीको राजनीतिक संलग्नता हेर्दा ‘फेक रेस्क्यु’मा पनि सर्वदलीय सहमति जस्तो देखिएको छ ।

पछिल्लो समय ‘फेक रेस्क्यु’मा संलग्न भएका धेरैजसो व्यवसयाी भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश नै गरेर अभियानमा लागेका छन । कतिपयले त टिकट समेत लिएका छन । नेपालमा सबैखालका अपराध, भ्रष्टाचार र ठगीमा राजनीतिक संरक्षण हुँदै आएको छ र यो समाजमा एउटा भास्य बनेर स्थापित नै बनेको छ ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १२४८ रेस्क्युमध्ये १७१ वटा फेक रेस्क्यु गरेको पाइएको छ । जसबाट १० करोडभन्दा बढी अमेरिकी डलर बराबरको बीमा दाबी गरिएको देखिएको छ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ रेस्क्युमध्ये ७५ वटा फेक रेस्क्यु गरी ८२ लाख अमेरिकी डलर माग दाबी गरेको पाइएको छ । यस्तै एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले पनि ६०१ मध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरी ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको दाबी गरेको पाइएको छ । यसरी कुल ३१७ फेक रेस्क्यु भएको अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस्

फेक रेस्क्युमा सिआईबी अप्रेशनः पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय छवी सुधार्ने मौका

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १९:४५