आर्थिक सुरक्षा र वातावरण संरक्षणलाई एउटै सूत्रमा गाँस्दै एनएमबी बैंक
१२ माघ, काठमाडौँ । आर्थिक सुरक्षा र वातावरण संरक्षणलाई एउटै सूत्रमा गाँस्दै एनएमबी बैंकले एनएमबी गो ग्रीन सेभिङ एकाउन्ट सञ्चालन गरिरहेको छ । यस खातामार्फत ग्राहकको बचत रकम जलविद्युत्, सौर्य ऊर्जा जस्ता हरित परियोजनाहरूमा लगानी गरिँदै आएको बैंकले जनाएको छ ।
दीगो विकाससँगै आत्मनिर्भर नेपालको सम्भावना बलियो बनाउने विश्वास एनएमबी बैंकले लिएको छ । यो बचत खाता केवल वित्तीय लाभमा सीमित नभई वातावरणीय जिम्मेवारीसँग समेत जोडिएको छ ।
ग्राहकले खातामा जम्मा गरेको रकमबाट नवीकरणीय ऊर्जाका परियोजनाहरू प्रवर्द्धन हुने भएकाले कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा उत्पादन र दीर्घकालीन वातावरण संरक्षणमा टेवा पुग्नेछ ।

एनएमबी गो ग्रीन सेभिङ एकाउन्टमा निःशुल्क मोबाइल बैंकिङ सेवा, सहज लेनदेन सुविधा तथा आधुनिक बैंकिङ सेवाहरू उपलब्ध छन् । डिजिटल बैंकिङलाई प्राथमिकता दिइएकाले कागजको प्रयोग घट्दै जाने र त्यसबाट वातावरण संरक्षणमा थप सहयोग पुग्ने बैंकको दाबी छ ।
विज्ञहरूका अनुसार बैंकिङ क्षेत्रमा हरित लगानीको अवधारणा विस्तार हुनु नेपालको ऊर्जा सुरक्षा र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा सकारात्मक कदम हो । जलविद्युत् र सौर्य ऊर्जामा केन्द्रित लगानीले ग्रामीण तथा शहरी क्षेत्र दुबैमा रोजगारी सिर्जना, ऊर्जा पहुँच विस्तार र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
एनएमबी बैंकले “हरित भविष्यमा लगानी, समृद्ध जीवनको सम्भावना” भन्ने अवधारणासहित ग्राहकहरूलाई आफ्नो आर्थिक सुरक्षासँगै देशको वातावरण जोगाउने अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १०:०९







